२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोप्नुभएको हो । अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र माववबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताउनुभयो ।

एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । रासस