२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध चालकहरुको प्रदर्शन



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएका चालकहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने लगायत माग राखेका छन् ।

उनीहरुले कलंकी/बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ । सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।