२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्र र सातै प्रदेश सरकारबाट बाहिर भयो एमाले



अ+ अ-

काठमाडौँ । मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ रही पदमुक्त भएसँगै नेकपा (एमाले) केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ ।

गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाको गठबन्धन बनेपछि सात मध्ये ४ प्रदेशमा एमालेले सरकार नेतृत्व गरेको थियो । एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । सुदूर पश्चिमका रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढल्न पुगेको थियो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा फेरिएको समिकरणपछि त्यसको प्रत्यक्ष असर प्रदेशमा पर्दै एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढल्न पुग्यो । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी वैशाख ११ गते बाहिरिए ।

यसैबीच कोशी प्रदेशमा सरकारमा अब कसको नेतृत्व रहने भन्ने अन्यौल छ । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

यी प्रदेशहरुमध्ये कोशी, मधेश र लुम्बिनीमा एमाले पहिलो दल हो । बागमती र गण्डकीमा दोस्रो दल रहेको एमाले कर्णाली र सुदूरपश्चिममा तेस्रो शक्तिका रुपमा रहेको छ ।