२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ: सभामुख घिमिरे



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले सांसदहरुलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भुमिका खेल्न आग्रह पनि गर्नुभयो । उहाँले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी महिलाहरुको जनसंख्या भएको जनसंख्यालाई भएको क्षेत्रलाई नै पछाडी परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउने कुराहरुमा संसदले खेल्ने भुमिकाहरु के हुन् ? बनेका कानूनहरुलाई कार्यान्वयमा खासगरी सरकारमार्फत कार्यान्वयनमा भइरहेका अप्ठ्यारा के हुन् तिनीहरुलाई कार्यान्वयन गराउन संसदहरुले खेल्ने भुमिका, यसका विषयगत समितिहरुमार्फत अथवा संसदीय सुनुवाईमार्फत संवैधानिक प्रमुखहरु, त्यो संस्थाले गरेको कामलाई, ति संवैधानिक निकायहरुमार्फत आएका प्रतिवेदनहरु र तिनीहरुलाई सरकारबाट कार्यान्वयन गर्न खेलेको भुमिकालाई अनुगमन गर्ने, त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने, कार्यान्वयन गर्नका लागि सरकारलाई बाध्य बनाउने, संसदप्रति जवाफदेही सरकार बनाउनको लागि हामीले हाम्रो दैनिक कार्यसूचिदेखि लिएर तय गरेका विषयमा हाम्रो सहभागिता कसरी प्रभावकारी पार्न सकिन्छ ? सरकार संसदप्रति उत्तरदायी बनाउनका लागि प्रतिपक्षले संसदमा भनिरहँदाखेरी सरकारप्रति जवाफदेहीपूर्ण व्यवहार गर्नका लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ ? हाम्रा परिपाटीहरु के छन् ? हामीले तय गरेका विद्यमान ऐन, कानूनहरुले कत्तिको पर्याप्तता राख्छन् ? र त्यसलाई कार्यान्वयन गर्नका लागि बनाइएका विधिहरु, नियमावलीहरु, निर्देशिकाहरुले कति कामहरु गरेका छन् ? यसको यो बेलामा समिक्षा हुनु जरुरी छ ।’

सभामुख घिमिरेले सांसदहरुको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताउनु भयो । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताउनु भयो ।