२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टी सरकारमा जान सकारात्मक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आफ्नो शर्तप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारात्मक हुनुभएपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ ।

आइतबार बिहान जनमतका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तीन शर्त राख्नुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा कुराकानी गर्नुभएको थियो ।

उहाँहरुबीच बजेट गरिएको असमानता हटाउने, मधेसमा बिना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा छलफल भएको थियो । ती मागप्रति प्रधानमन्त्री सकारात्मक भएसँगै जनमत पार्टीले सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रबाट मन्त्री भएकामध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारीमा हुनुहुन्छ । सो बारे आइतबार अपराह्न ४ बजे सत्ता पक्षीय दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गर्न सक्ने बताइएको छ ।

गत पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा जनमत पार्टीले खानेपानी मन्त्रालय पाएको थियो तर उक्त मन्त्रालयप्रति असन्तुष्टि राख्दै आएको जनमत पुरानो गठबन्धन ब्युँतिएपछि सरकारबाट बाहिरिएको थियो ।