२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताउनुभएको छ ।

सोमवार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताउनुभएको हो । उहाँले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताउनु भयो । उहाँले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताउनु भयो । उहाँले तर अहिलेको स्थ्तििमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको बताउनु भयो । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महशुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ, हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने, मैले कहिलेकाहीँ भन्ने गर्दछु, हाम्रो भन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रो भन्दा धेरै त्याग तपस्या गरेका दलहरु कोही अघि आउने, हाम्रो भन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरुलाई सम्मान गर्न, तिनीहरुको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन।’

‘तर म हजारौँ पटक विचार गर्छु, त्यस्तो स्थिति छैन, हामीले अलिकति पनि हेलचेक्र्याँइ गर्ने हो भने यो सिस्टम मात्रै होइन, यो देशकै भविष्य अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलराइजेशनको जो प्रक्रिया जुन दुनियाँमा चलिरहेको छ, त्यसलाई हेर्दा र त्यसभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिँदै छ, त्यसलाई हेर्दै गर्दा हामीले हेलचेक्र्याँई गर्ने हो भने देशकै भाग्य भविष्य दुर्घटनामा पर्ने देखिन्छ । मैले नयाँ संकल्पका साथ अहिलेको प्रधानमन्त्रीलाई लिएको छु । सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ । यहाँ सामान्य सुधारद्वारा समस्याको हल हुने देखिँदैन ।’

प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषद्मा छलफल गरी मन्त्रीपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताउनु भयो । उहाँले गिरिजाप्रसाद कोईराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।




भर्खरै