काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको छ ।
पार्टी अध्यक्ष कमल थापाले संचालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा दिप प्रज्ववल गरि समुद्घाटन गरिएको थियो ।
आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासबाट नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार व्यक्त गरे ।
पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा संचालित कार्यक्रममा राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न उनको आग्रह थियो ।
यस्तै अध्यक्ष थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गर्दै दिबङ्गत नेताहरुप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।
अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमि कमजोरी, सफलता असफलताको समिक्षा गर्दै पार्टीलाई गन्तव्य तर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनवर्गिय संगठनको तर्फबाट महिला संगठनकी अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरुको तर्फबाट सप्तरी अध्यक्ष अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश—१ का उम्देश्वर साह र प्रवास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।












