२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसल र घरबाहिर किन झुण्ड्याइन्छ कागती र खुर्सानी ?



अ+ अ-

एजेन्सी । तपाईले प्रायः देख्नु भएको होला कि मानिसहरूले आफ्नो घर र पसलको मुख्य प्रवेशद्वारमा कागती र खुर्सानी झुण्ड्याउँछन् । यो विधिलाई नराम्रो नजरबाट बच्न रामबाण उपाय मानिन्छ । तर यो उपाय आँखाको दोषबाट बच्न मात्र उपयोगी छैन, यसको अन्य फाइदा पनि छन् ।

कागती र खुर्सानी झुण्ड्याउनु पछाडि कागती अमिलो भए खुर्सानी पिरो हुन्छ भन्ने मान्यता रहेको छ । कागतीको अमिलो र खुर्सानीको पिरोपनका कारण यसलाई नराम्रो नजरबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । बाहिरी व्यक्तिले कागती र खुर्सानी देखेपछि उसको एकाग्रतामा गडबड हुन्छ र ऊ लामो समयसम्म घर वा पसल हेर्न सक्दैन । यसले तपाईको घर वा पसललाई नराम्रो नजरबाट जोगाउँछ ।

कागती र खुर्सानीलाई घरबाहिर झुण्ड्याउँदा नकारात्मक उर्जालाई मात्र टाढा राख्दैन, परिवारका सदस्यहरूबीच प्रेम पनि कायम हुन्छ । अर्कोतर्फ, यदि तपाईंले यसलाई आफ्नो गाडीमा झुण्ड्याउनु भयो भने, दुर्घटनाको जोखिम कम हुन्छ र तपाईंको गाडीलाई कुनै पनि हिसाबले क्षति हुँदैन भन्ने मान्यता पनि छ ।

पसल वा कार्यालयको मुख्य ढोकामा कागती र खुर्सानी टाँग्दा व्यापारमा नराम्रो नजर लाग्दैन, साथै व्यापारमा उन्नति पनि हुन्छ । ख्याल राख्नुहोस् कागती–खुर्सानीको उक्त झुप्पोलाई हरेक हप्ता फेर्नुपर्छ, अन्यथा यसको फाइदा हुँदैन ।