२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार दिउँसो सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिनुभएको थियो ।

अपराह्न हुने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ । गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुरा खापुङले नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुभएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सिटको आवश्यकता हुन्छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई सरकारमा सहभागी गराउन खोजेका छन् ।

यसअघि हिक्मत सरकारमा सहभागी भएको राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सकस हुनेछ ।

प्रदेशमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।