२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका महानिर्देशक ई अधिकारीले बुझाएनन स्पष्टीकरणको जवाफ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोध्नु भएको स्पष्टीकरणको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले दिन अस्वीकार गर्नु भएको छ ।

तालुकदार मन्त्रालयकोतर्फबाट मन्त्री किराँतीले एक हप्ताकाको समय सिमा दिँदै यही असार ११ गते नौँ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । उता महानिर्देशक ई अधिकारीले सामाजिक संञ्जालमा लेख्नु भएको छ, ‘प्राधिकरण स्वयत्व संस्था हो, म मन्त्री परिषद्बाट नियुक्त भएको महानिर्देशक हुँ, मलाई मन्त्रीपरिषद्बाट नियुक्त गरेकोले मलाई स्पष्टिकरण सोध्ने अधिकार मन्त्री परिषद्लाई मात्रै रहेको छ ।’

यसैगरी उहाँले आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताउनु भएको छ ।

महानिर्देशक ई अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाटहटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोध्नु भएको थियो ।