२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब समितिको सभापति चयन गर्न बाटो खुल्यो– सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भएको छलफलपछि सभामुख घिमिरेले अब संसदीय समितिका सभापति चयन गर्ने बाटो खुलेको बताउनुभएको हो ।

उहाँका अनुसार सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने जानकारी दिनुभयो ।

लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन हुँदा ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सभामुख घिमिरेले भन्नुभयो, “त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईंले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ रु तपाईंहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ भनेँ।”

उहाँका अनुसार शीर्ष तहमा अब बिलम्ब नगरी सभापतिको टुंगो लगाइहाल्ने विषयमा सहमति भएको छ ।