२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानीमा तालिम लिएका नेपाली सेनाको भेला आयोजना



अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाहरूमा तालिम लिएका नेपाली सेनाका अधिकारीहरूका लागि आइतबार पूर्वविद्यार्थी भेला आयोजना गरेको थियो।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माका साथै नेपाली सेनाका सेवारत तथा सेवानिवृत्त अधिकृतहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो अवसरमा पाकिस्तानका रक्षा सहचारी कर्नेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानका दुई सशस्त्र सेनाबीच विशेष गरी तालिम क्षेत्रमा रहेको जीवन्त द्विपक्षीय सम्बन्धलाई प्रकाश पार्नुभयो । उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलको प्रतिबद्धतालाई जोड दिनुभयो ।

 

प्रधानसेनापति शर्माले नेपाली सेनाका अधिकृत, सैनिक तालिम र प्राविधिक क्षेत्रमा क्षमता अभिवृद्धिमा पाकिस्तानले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालले आफ्नो परराष्ट्र नीतिमा ‘पञ्चशील’ सिद्धान्तको पालना गरेको र ‘सबैका लागि मित्रता र कसैका लागि पनि शत्रुता नरहने’मा विश्वास गरेको बताउनुभयो । प्रधानसेनापति शर्माले पाकिस्तानका उत्कृष्ट तालिम संस्थाहरूमा तालिम प्राप्त अधिकारीहरूले गरेको योगदानको पनि प्रशंसा गर्नुभयो ।

पाकिस्तानी दूतावासका अनुसार कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले नेपाल र पाकिस्तानबीच जनता, सरकार र सशस्त्र बलहरुबीच विश्वास तथा पारस्परिक लाभकारी सहकार्यमा आधारित बलियो सम्बन्ध रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा पूर्वविद्यार्थी भेलाका सहभागीहरूले पाकिस्तानप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम आयोजना गर्नका लागि यो मिसनले आफूहरुलाई पाकिस्तानमा बसेको मनमोहक सम्झनाहरू पुनः ताजा गर्न प्लेटफर्म प्रदान गरेको बताएका थिए ।