२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च भयो: अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा सामाजिक सुरक्षामा क्षमताभन्दा पनि बढी खर्च भइरहेको बताउनुभएको छ ।

मंगलबार अर्थ समितिको बैठकमा उहाँले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने बताउनुभयो । अब निर्णय गर्दा विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ भन्दै अर्थमन्त्री डा महतले भन्नुभयो, “जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौँ ।”

जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उहँले जानकारी दिनुभयो । यस्तो व्यवस्था गर्न सकेको अवस्थामा मात्र आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उहाँको भनाइ थियो ।




भर्खरै