२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलाई गर्नु हुन्नः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाई थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताउनु भयो । ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नु भयो ।

उहाँले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकीर समेत गर्नु भयो । त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने ओलीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढि उपयोगी हुन्छ । पहाड सहकार्य नै काफी हुन्छ ।

सुन्तला यहाँ राम्रो हुन्छ । यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन । कृषि उत्पादन ५ वर्षमा कम्तिमा असी प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पु¥याउन सकिन्छ ।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाईको अभाव नहुने दावी समेत गर्नुभयो । उहाँले माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो ।