२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

‘विकास ऋणपत्र २०८६“च”’ नाम दिइएको उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र यसको खरिदकर्तामा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक रहने केन्द्रीय बैंकले जनाएको छ ।

यही असार २१ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने र ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र URL https://obss.nrb.org.np/pd sf] Online Bidding System Software मार्फत् बोलकबोल पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निष्काशन मिति २०८० असार २२ गते र साँवा भुक्तानी मिति २०८६ असार २२ रहने उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने जनाइएको छ ।

राष्ट्र बैंकले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाइने जनाएको छ ।