२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडा मारेको अभियोगमा चितवनबाट तीन जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिनुभयो ।

निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए । रासस