२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी शक्तिहरु एकताबद्ध हुँदैछन्– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी शक्तिहरु एकताबद्ध हुँदै गरेको बताउनुभएको छ ।

पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उहाँले केही समयभित्रै सबै माओवादीहरु एक ठाउँमा आउने बताउनुभयो ।

माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ ।”

जनयुद्धकालमा जस्तो अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति रहेको भन्दै माओवादीहरु अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिँदै अहिले माओवादी शक्तिहरु एकताबद्ध भएपछि २०६४ को भन्दा बलियो शक्ति बन्ने दाबी गर्नुभयो ।

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको अहिले राज्यको बागडोरको नेतृत्व आफैँले गरिरहेको उहाँको भनाइ थियो ।




भर्खरै