२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा कोठामा मोबाइल, ट्यावलेट र स्मार्टवाच प्रतिबन्ध



अ+ अ-

एजेन्सी । नेदरल्याण्ड्सले सन् २०२४ जनवरी १ तारिखदेखि विद्यालयका कक्षा कोठामा मोबाइल फोन, ट्याबलेट, स्मार्टवाच प्रतिबन्ध गर्नेभएको छ । मोबाइलगायतका विद्युतीय उपकरणले कक्षा कोठाको एकाग्रता भंग गरेको भन्दै  नेदरल्याण्ड्स सरकारले मंगलबार उक्त निर्णय गरेको हो  ।

यद्यपि ती डिभाइसहरु आवश्यक भएको खण्डमा भने प्रयोग गर्न सकिनेछ । अध्ययनका क्रममा डिजिटल सीप आवश्यक भएमा, स्वास्थ्यका लागि आवश्यक भएमा वा अपांगता भएका व्यक्तिका लागि आवश्यक भएमा मात्रै प्रयोग गर्न पाइनेछ ।

‘मोबाइल फोनले समेत हाम्रो जीवनमा प्रवेश गरेको छ’, शिक्षामन्त्री रोबर्ट डिज्कगराफले भन्नुभयो, ‘मोबाइल फोन कक्षा कोठासम्म जान आवश्यक छैन ।’

यद्यपि विद्यार्थीलाई मोबाइललगायतका विद्युतीय डिभाइसबाट प्राप्त हुने जानकारी भने उपलब्ध गराइने उहाँको भनाइ छ । मोबाइल फोन मानिसको जीवनमा बाधा पु¥याइरहेको पाइएको छ । हामीले यसबाट विद्यार्थीहरुलाई बचाउनु जरुरी छ ।

यसका लागि विद्यालयसँग सम्बन्धित संघ र शिक्षा मन्त्रालयबीच भइसकेको छ । विद्यालयलाई उक्त प्रतिबन्धपछि गर्नुपर्ने काम आफैले व्यवस्थापन गर्नुपर्नेछ ।