२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर अदालत प्रकरण: कर्मचारी र कानुनव्यवसायी बिच सहमति



अ+ अ-

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानुनव्यवसायी बिच भएको बिवाद समाधान भएको छ । अ

दालतको काम कारबाही नै प्रभाबित पार्दे दुबै पक्ष एक अर्का प्रति आक्रमण रुपमा प्रस्तुत भै रहेका बेला आज ७ बुदे सहमति गरी बिवाद समाधान गरिएको जनाईउको छ । ललितपुर बार एशोसिएसन र ललितपुर जिल्ला अदालत तथा नेपाल बार एशोसिएशनका केन्द्रिय प्रतिनिधिको रोहबरका अधिवक्ता अमिर लामिछाने तथा नासु प्रेमिका तमाङ्गले हस्ताक्षर गर्दे बिबाद समाधान गरेका हुन् ।

सहमति अनुसार उक्त घटना सम्बन्धित दुबै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाब नराखी विबाद अन्त्यगरी आ आफनो क्षेत्रमा काम गर्ने उल्लेख छ । यसै गरी बिग्रिएको भनिएको सिसिटिभी मर्मत गर्ने कर्मचारी र बार एशोसिएसनको बिरोधका कार्यक्रम स्थगित गरी सेवा सुचारु गर्ने र सम्बन्ध सुमधुर बनाउने तथा यस बिषयलाई लिएर सार्बजनिक रुपमा सामाजिक संञ्जाल लगायत माध्यामबाट बिषयान्तर हुने गरी टीकाटिप्पणी नगर्ने उल्लेख छ ।