काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।
यही जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभामा निर्वाचित हुनुभएका उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयमा सपथग्रहण गराउनुभएको हो ।
रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेपनि कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी हुनुभएको थियो । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूहको समर्थन रहेको थियो ।
















