काठमाडौ । विवेकशिल साझा पार्टीका नेता तथा सल्लाहकार उज्वल थापा कोरोना सक्रमित भै गम्भिर अवस्थामा उपचाररत हुनुहुन्छ ।
चार साता अघि नेता थापा लाई कोरोना सक्रमण देखिएको थियो । सक्रमणसँग उच्च निमोनिया पनि देखिएको थापाको ग्राण्डी अस्पतालमा उपचार गरिएको र स्वास्थ्य अवस्था झनै खराब भएपछि शुक्रबार ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पातलमा सारिएको विवेकशिल साझा पार्टीले जनाएको छ ।
पार्टीका अध्यक्ष पाण्डेले उज्वल थापाको स्वस्थ्य उपचारको लागी आर्थिक सहयोग गर्नको लागी सहयोगको आह्वान पनि गर्नुभएको छ । पाण्डेले लेख्नु भएको छ –
हामी सबैको धेरै धेरै माया, हामी सबैको धेरै धेरै प्रार्थना हजुरसङ छ उज्वल थापा दाइ।
तपाईँको नेतृत्व हामीलाई खाँचो छ। देशलाई खाँचो छ।
थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।
साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ ।












