२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ मा भर्ना र छावृत्तिका लागि निजी विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुनका लागि महानगरभित्र सञ्चालित विद्यालयलाई कम्तीमा १५ दिन भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

एसइईको नतिजा प्रकाशित भइसकेको भन्दै महानगरले केही विद्यालयले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव भएकाले भन्दै यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरुले आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासोप्रति महानगरको ध्यानाकर्षण भएको उल्लेख छ  ।

ुमाध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छु, महानगरले जारी सूचनामा भनेको छ ।

साथै महानगरले आज अर्को एक सूचना प्रकाशित गर्दै कक्षा ११ मा छावृत्तिका लागि भर्ना हुने विद्यार्थीको संख्या यही असार मसान्तभित्र  महानगरमा पठाउने समेत भनेको छ । यसका लागि गुगल फर्म भरेर पठाउन सकिने महानगरको निर्देशन छ । भर्ना हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकाले विवरण पठाउन महानगरले निर्देशन दिएको हो ।