२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउनु ट्रफी जित्नु भन्दा ठूलो कुरा होइन – बाबर आजम



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले विश्वकपमा भारतलाई हराउनु मात्र पर्याप्त नभएको बताएका छन् ।

पाकिस्तानी टोलीले श्रीलंका भ्रमणअघि कराँचीमा प्रशिक्षण शिविर गरिरहेको छ । यहाँ बाबर आजमले भने, ‘हामी भारतसँग मात्र होइन विश्वकप खेल्न जान्छौं । भारत बाहेक अन्य ८ टिम हुनेछन् । उनीहरुलाई हराएपछि मात्र फाइनल खेल्न सक्छौं । हाम्रो फोकस एउटा टोलीमा मात्र होइन, सम्पूर्ण प्रतियोगितामा केन्द्रित छ । हामी सबैसँग राम्रो खेलेर जित्ने योजनामा ​​छौं ।’

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको हाईभोल्टेज भिडन्त अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

विश्वकपमा पाकिस्तानको पहिलो खेल ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग हुनेछ । टोलीले अक्टोबर १२ मा श्रीलंकासँग खेल्नेछ, त्यसपछि टोलीले अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टीम इन्डियासँग खेल्नेछ ।

टोलीले अक्टोबर २० मा अष्ट्रेलिया, २३ अक्टोबरमा अफगानिस्तान, २७ अक्टोबरमा दक्षिण अफ्रिका, ३१ अक्टोबरमा न्युजिल्याण्ड र ४ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । पाकिस्तानको अन्तिम खेल नोभेम्बर १२ मा इंग्ल्याण्डसँग हुनेछ ।

यसैबीच, पाकिस्तान सरकारले अहिलेसम्म टोलीको भारत भ्रमणको पुष्टि गरेको छैन । विश्वकपका लागि १० स्थान तय भएका छन् । भारतले लिग चरणमा आफ्ना ९ खेल ९ स्थानमा खेल्नेछ भने पाकिस्तानले आफ्ना सबै लिग चरणका खेल ५ स्थानमा मात्र खेल्नेछ ।