काठमाडौं । नेपाल बेलायत सरकारले सहयोग स्वरुप प्रदान गरेको स्वास्थ्य सामग्रीहरु काठमाडौं आइपुगेको छ । बेलायत सरकारले नेपाललाई
२६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्रीहरु दिएको छ । सो स्वास्थ्य सामग्रीहरु चार्टर्ड उडानबाट शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईएको र नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ ।












