काठमाडौं । संसद विघटनविरुद्धका रिट संवैधानिक इजलासमा सुनुवाइ हुने प्रक्रिया सुरु भएको छ । आज शुक्रबार सर्वोच्च अदालतमा रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन हुँदैछ ।
संवैधानिक इजलासमा रहने न्यायाधीशको छनोट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेपछि आज नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको बताईएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।
यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।












