२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टाका लागि सर्‍यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ ।

सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डले बैठक सार्न आग्रह गरेपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको हो ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले शीर्ष नेताहरूबीच छलफल भइरहेको भन्दै सभामुखलाई बैठक सार्न अनुरोध गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घन्टा पछि सार्नुभएको छ । टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभएको अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग राखेका छन् ।