२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले फर्कायो



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जोर्डन जान लागेका १५ जनालाई फर्काएको छ ।

जोर्डन जान लागेका १३ महिला र २ पुरुषसहित १५ जना नेपाली कामदारलाई अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको हो ।

अध्यागमनले उनीहरूको साथबाट भिसा फेला नपारेकाले फिर्ता पठाउनु परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

उनीहरु आइतबार बिहान बिनाभिसा जोर्डन जान लागेकाले उनीहरूलाई अध्यागमनले विमानस्थलबाट फर्काएको बताइएको छ । एयर अरेबियाको जहाजबाट उनीहरू बिहान साढे १० बजे जोर्डनतर्फ जान लागेका थिए ।

भिसा नभए पनि उनीहरुसँग श्रम स्वीकृति र जोर्डनको आन्तरिक मन्त्रालयले लेखेको पत्र पनि रहेको बुझिएको छ ।