२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौतेनी आमाको हत्या आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौँ । सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३९ वर्षिया मिरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो । मिरा हत्या आरोपमा पक्राउ परेका प्रेमको सौतेनी आमा थिइन् ।

भगत पूरै परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आइरहेका थिए । शुरुमा मिराले आफँै आगो लगाई आत्महत्या गरेको भनिएपनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

सौतेनी आमासँग विवाद भएपछि प्रेमले चिरपट प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताउनु भयो । असार २३ गते शनिवार बिहान प्रेमले मिरासँग खानलाई माग्दा बासी भात दिएको भन्दै होटेलमै खान जान्छु, यहाँ खान्न भनेर बाहिर जान खोजेपछि आफूलाई गाली गर्दा विवाद भएको प्रेमले प्रहरी समक्ष बयान दिएको बताउनु भयो ।

उहाँकाअनुसार बुवाको नाम लिएर अनावश्यक गाली गर्न लागेपछि आफूले सौतेनी आमालाई धक्का दिएको र आफू माथी चिरपटले प्रहार गर्न खोजेपछि सोही चिरपट खोसेर पिठ्यँुमा हान्न खोज्दा टाउकोमा लागेर तत्काल मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् । चिरपट प्रहारबाट घटनास्थलमै मिराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।