२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो ।

सीडीएसका अनुसार असार २४ गते साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा कूल ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १।२२ गुणा बढी आवेदन हो ।

कम्पनीले जारी पुँजी रु ४ अर्बको ३० प्रतिशतले हुन आउने कुल रु १ अर्ब २० करोडको आइपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रु १३६ दशमलव ९१ प्रिमियम थप गरेर रु २३६ दशमलव ९१ का दरले १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

घोराही सिमेन्ट

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज हो । कम्पनीले असार २२ गतेदेखि स्थगित आइपीओ पुनः बिक्रीमा ल्याएको हो । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्म ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले १ सय अंकित मूल्यमा रु ३३५ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिकित्ता रु ४३५ का दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ ।

यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।




भर्खरै