२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले जारी राखेको संसद्को अवरोध खुलाउने विषयमा सिंहदरबारमा सोमबार पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यद्यपि आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो तर आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो ।

छलफलमा ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राख्नुभएको थियो ।