२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दै, शीर्ष नेताको छलफलले बैठकमा एजेण्डा तय गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ ।

बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डा बारे छलफल गरे पनि एजेण्डाको अन्तिम रुप दिन नसकेको बताइएको छ ।

उक्त छलफलमा देउवाले पुन: बुधबार बिहान बस्ने गरी अनौपचारिक छलफल राख्नुभएको थियो । “बुधबार बिहान नेताहरुको अनौपचारिक छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा थाहा हुन्छ”, कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।

प्रत्येक २ महिनामा एकपटक बस्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बोलाइएको छ । बैठकमा नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता तथा कार्यअवधि, तिन तहका सरकारको कामको समीक्षा, अभियान लगायतमा छलफल हुने नेताहरुले बताउँदै आएका छन् ।