२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार नियोजन संघ उपत्यकामा ११ जनामध्ये ७ महिला पदाधिकारी निर्वाचित



अ+ अ-

काठमाण्डौ । नेपालकै पुरानो सामाजिक संस्थाको रुपमा रहेको नेपाल परिवार नियोजन संघ, काठमाण्डौ उपत्यका शाखाको मंगलबार सम्पन्न अधिवेशनले सर्वसम्मत चयन गरेका ११ जना पदाधिकारीमध्ये ७ जना महिला चयन भएका छन् भने ४ जना पुरुष छन ।

यसरी निर्वाचित भएका पदाधिकारीमध्ये उपत्यका सभापतिमा तारा पुडासैनी र कोषाध्यक्षमा रवी श्रेष्ठ चयन भएका छन् । बाँकी निर्वाचित भएका कार्यसमितिका युवा सदस्यहरुमा प्रमिला श्रेष्ठ, स्वर्णिमा श्रेष्ठ र पुजन खड्का छन भने महिला सदस्यद्वयमा अमिता पौडेल र उज्वला सुवाल छन । यसैगरि विशेषज्ञ महिला सदस्यहरुमा सृजना बज्राचार्य र पुष्पा जोशी छन भने विशेषज्ञ पुरुष सदस्यहरुमा सुशील खत्री र राममान महर्जन छन् । यसपटकदेखि सभापति र कोषाध्यक्षबाहेक ९ जना कार्यसमितिका सदस्य रहेका छन् ।

संघका २८ जिल्लामध्ये काठमाण्डौ उपत्यका शाखाको ४३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा पहिलोपल्ट अपाङ्गता तथा एचआइभि क्षेत्रलाई समेत समेटी वहुमत महिला सदस्यलाई चयन गरेको हो । शाखाले दिने सेवाहरु पनि अधिकांश महिला र शारिरीक अपाङ्गता लक्षित छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बागमती प्रदेशकी सभासद भुवनेश्वरी श्रेष्ठ र नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा संघको उपत्यका शाखाका शाखा प्रवन्धक शरदकुमार अर्यालले शाखाका गतिविधिबारे प्रकाश पारे भने जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाँलले शाखाले परिवार नियोजन तथा प्रजनन अधिकारको क्षेत्रमा गरेको काम कारवाहीको प्रशंसा गरे ।




भर्खरै