२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुकिसानहरु धर्नामा, लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दवाव



अ+ अ-

काठमाडौँ । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।

बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हुन ।

यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताउनु भयो । उहाँले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्‍यो । र, पशुपालक किसानहरुलाई राहत दिनु पर्‍यो । विस्थापित हुन लागेका किसानहरुलाई पुनस्र्थापना गर्नु पर्‍यो । जुन कर्जा लिएर गरिराख्नु भएको छ । उहाँहरुलाई कर्जा मिनाहा गर्नु पर्‍यो । पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नु पर्‍यो । र, प्राविधिक चाँही किसानका घरघरमा पुग्नु पर्‍यो । पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलक्ध गराउनु पर्छ भन्ने लगायत मागहरु राखेर हामी आन्दोलनमा उत्रिरहेका छौं । ’

पीडित किसानहरुले पशु आफूहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका छन । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताउनु भयो । उहाँले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । प्याकुरेलले भन्नु भयो, ‘ग्रामिण क्षेत्रका किसानहरु यतिबेला पूरै आहात भएका छन ।’

‘७० प्रतिशत भन्दा बढि पशु चौपायहरुलाई चाँही लम्पीस्किनको कारण मरिसकेको छ । त्यसका निम्ति पशुको विमा पनि क्लेम गर्न नसक्ने अवस्था देखिएको छ । र, पशु चौपायहरुको विमाको पनि हामीले क्लेम गरिराखेका छौं । छिट्टै यो महामारी रोग नियन्त्रणका निम्ति भ्याक्सिनको माग हामीले गरिराखेका छौं । पशुको औषधि उपचारका कुरा, विमाका कुरा र पशुपालक किसानहरुको विस्थापित हुने अवस्था छ । त्यसलाई पनि निरुपण गर्ने हिसावले राज्यले सोचोस भन्ने ढंगले हामीले यो महामारी विरुद्ध किसान सञ्जालको आयोजनामा हामीले धर्ना कार्यक्रम राखेका हौं ।’

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्, पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस् , महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिईयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।