२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गमका गर्भवति र सुत्केरी महिलाको हवाइ उद्दार गर्न बजेट अभाव छैन: मन्त्री आचार्य



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी महिलाको हवाइ उद्दारमा बजेट अभाव नभएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवति र सुत्केरी महिलाको हवाइ उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारी दिनुभयो । मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडी बढिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको हवाइ उद्धार गरी महिलाहरुको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु ।’

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी गराउनको लागि अन्र्ततह समन्वय कार्यक्रम सञ्चालन गर्ने र मन्त्रालयबाट सञ्चालित कार्यक्रम र प्रवाह गरिएको सशर्त अनुदानको प्रभावकारीता सम्बन्धमा अनुगमन गर्न अन्र्तमन्त्रालय एकीकृत अनुगमनको कार्यक्रम रहेको छ ।’

उहाँले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताउनु भयो ।