२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी इमर्जिङ कप: ६ विकेट गुमाएसँगै संकटमा नेपाल



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमााएको छ । ६ विकेट गुमाएसँगै नेपाल संकटमा परेको छ । कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले छैठौँ विकेटमा पवन सरार्फलाई गुमाएको हो ।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

ताजा स्थितीमा नेपालले १० ओभरमा ६ विकेट गुमाएर ४१ रन बनाएको छ ।