२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड : एक भारतीय जोडीले गरे आकाशमै विवाह



अ+ अ-

एजेन्सी । एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए। ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन्। बीबीसी नेपाली

Rakesh-Dakshina from Madurai, who rented a plane for two hours and got married in the wedding sky. Family members who flew from Madurai to Bangalore after getting married by SpiceJet flight from Bangalore to Madurai. #COVID19India #lockdown @TV9Telugu #weddingrestrictions pic.twitter.com/9nDyn3MM4n

— DONTHU RAMESH (@DonthuRamesh) May 23, 2021




भर्खरै