२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्था आज पनि खुला हुने



अ+ अ-

काठमाडौँ । आज शनिबार बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम समय भएकाले राजश्व लगायतका विषयलाई ध्यान दिँदै आज बैंक तथा बित्तीय संस्था खुला गर्न लागिएको हो।

आर्थिक वर्षको अन्तिम शनिबार बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरी निर्देशन दिएको थियो।

साथै अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबार पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । यसअघि गत २३ गते शनिबार पनि बैंक तथा बित्तीय संस्था खुला गरिएका थिए।

चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो।