काठमाडौं । आज बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु २ सयले घटेको हो ।
हिजो (सोमबार) प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) घटेर प्रतितोला रु ९३ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९३ हजार कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







