२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगो मूल्यमा आर्सनल भित्रिए राइस



अ+ अ-

एजेन्सी । आर्सनलले इंग्लिस मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गरेको छ । लण्डन क्लबले वेस्ट ह्यामका कप्तान राइसलाई १ सय ५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

२४ वर्षीय राइसले आर्सनलसँग ५ वर्षका लागि सम्झौता गरेका छन् । जसमा समय थप गर्न सकिने विकल्प समेत समावेश छ ।

उनी सर्वाधिक महँगा इंग्लिस खेलाडी समेत बनेका छन् । यसअघि यतिधेरै मूल्य तिरेर कुनैपनि इंग्लिस खेलाडीलाई क्लबले टिममा भित्र्याएको थिएन ।

वेस्ट ह्यामलाई गत सिजन युरोपा कन्फिरेन्स लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी यस समर ट्रान्सफरमा आर्सनलमा आउने तेस्रो मुख्य खेलाडी हुन् ।

आर्सनलले चेल्सीका जर्मन खेलाडी काइ हाभेट्र्जलाई ६५ मिलियन पाउण्ड र डच डिफेन्डर जुरिन टेम्बरलाई अयाक्सबाट ३८ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।

आर्सनल तेस्रो प्रयासमा राइस अनुबन्धनमा सफल भएको हो । वेस्ट ह्यामले यसअघि दुई पटक आर्सनलको प्रस्ताव अस्विकार गरेको थियो । म्यानचेस्टर सिटीले समेत राइस अनुबन्धनका लागि ९० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

गत सिजन आर्सनलले दोस्रो स्थानमा रहेर लिग सकाएको थियो ।