२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय प्रचार विभाग: ११ सदस्य मनोनीत



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार केन्द्रीय सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा गरी ११ सदस्य मनोनयन गरेको हो ।

सचिवालयले पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभागको प्रमुखको जिम्मेवारी दिएको छ भने प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम रहेका छन् । यद्यपी मनोनीत सदस्यहरूको विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई रहेका बताईएको छ।

त्यस्तै, एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल विभाग सदस्यमा मनोनीत भएका जनाईएको छ। यस्तै, गगन विष्ट सचिवमा छन् ।