२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आशिकी’का लागि राहुलले लिएका थिए ३० हजार पारिश्रमिक, ११ दिनमा ४७ फिल्मको अफर



अ+ अ-

एजेन्सी । महेश भट्टको सन् १९९० मा रिलिज भएको फिल्म ‘आशिकी’लाई कसले भुल्न सक्छ ? यो फिल्मपछि राहुल रोय रातारात स्टार बने ।

राहुलले हालैको एक अन्तर्वार्तामा भनेका थिए कि यो फिल्मको क्रेज यति धेरै थियो, मानिसहरू थिएटर स्क्रिनमा सिक्का हानिरहेका थिए ।

राहुलका अनुसार ‘आशिकी’मा काम गरेबापत उनले त्यतिबेला ३० हजार पारिश्रमिक लिएका थिए । आशिकीमा काम गरेको ६ महिनापछि एकैपटक ४७ वटा फिल्मको अफर आएको राहुलले बताए ।

बलिउड हंगामासँग कुरा गर्दै राहुल रोयले भने– ‘फिल्म रिलिज भएपछि म मुकेश भट्ट र महेश भट्टसँग मुम्बईको मेट्रो सिनेमा गएँ । थिएटरबाहिर मानिसहरू हर्षोल्लास गरिरहेका थिए । त्यतिबेला मसँग अंगरक्षक थिएनन् । जब मेरो दृश्य थिएटर भित्र आयो, मानिसहरूले पर्दामा सिक्का फाल्न थाले । दर्शकको यो प्रतिक्रिया देखेर म खुशीले उफ्रिए ।’

राहुलले थप भने– ‘आशिकी रिलिज भएको ६ महिना भइसकेको थियो । मसँग एउटा पनि फिल्म थिएन । तर त्यसपछिको ११ दिनभित्र ४७ वटा फिल्मको अफर आयो । महेश भट्टले आशिकी मार्फत मलाई धेरै सम्मान दिनुभयो ।’

राहुलले एक पटक ‘द कपिल शर्मा शो’मा भनेका थिए कि मानिसहरूमा आशिकीको यति धेरै क्रेज थियो कि उनीहरूले ब्ल्याकमा १५०० रुपैयाँसम्मको टिकट किने । ११ दिनमा ४७ फिल्म गरेपछि राहुल दुविधामा परेका थिए ।

राहुल रोय ‘बिग बोस’को पहिलो सिजनका विजेता समेत हुन् । आशिकी बाहेक उनले ‘जुनून’, ‘फिर तेरी कहानी याद आइ’, ‘नसीब’, ‘एलान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।