२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारमा विकासको मुहानै फुटेको देख्न पाए: गणेश पराजुली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्तिप्रति सरकारको ध्यानाकषण गरे ।

असारमा चक्रपथको सर्भिस ट्रयाकमा ढलका पाइप बिछ्याउँदै गरेको, रातदिन पानी परिरहेका बेलामा पनि धमाधम कालोपत्रे गरेको देखिएको सांसद पराजुलीले बताए । उनले भने, ‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह गर्दछु । हो सभामुख महोदय, ६ वटै महिनाको नाम नै असार राखिदिऔं भनेको हो । असार महिना लागेदेखि मैले मेरो निर्वाचन क्षेत्रसहित देशका सबैतिर विकासको मुहानै फुटेको देख्न पाएँ । असार सक्कित गयो, गाड्दा गाड्दै गरेको ढल, जोड्दा जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो । वर्षाको सिजनमा पानी पन थालेपछि गरेको कालोपत्रे बगायो, वाल भत्कियो, पानीले बाटो फेरि खाल्डै खाल्डो बनायो ।’