२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिनुभयो ।

उहाँले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताउनु भयो , त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुने उल्लेख गर्नुभयो ।

केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रश्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

बैठकको एजेण्डा बारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो – ‘पहिलो, बैठकमा समसामयिक विषय भनेर प्रश्तावित हुन्छ । जसमा अहिलेको विद्यमान राजनीतिक सन्दर्भ, आर्थिक, सामाजिक सन्दर्भ, परराष्ट्रसँग सम्बन्धित सन्दर्भ, शासनसँग सम्बन्धित सन्दर्भ, सुशासनसँग सम्बन्धित सन्दर्भ यि समग्र विषय समसामयिक विषयभित्र पर्दछन् । दोस्रो, सांगठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रश्तावित हुन्छ र पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय कामहरु छन् ति कामहरुको बारेमा बैठकमा प्रस्ताव हुन्छ ।

तेस्रो, यसबिचमा कार्यसम्पादन समितिले जे जस्ता निर्णयहरु हामीले गरेका छौँ, ति विषय अनुमोदनका लागि प्रस्तावका रुपमा प्रश्तुत हुन्छ । चौथो, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन बैठकमा प्रश्तुत हुन्छ । पाँचौ, भोलिको बैठकमा नीति अधिवेशन सम्बन्धि केही खाका प्रश्तावित हुन्छ । बैठक टुंगिदै गर्दा हामी सार्वजनिक गर्नेछौँ, कांग्रेसको आगामी नीति अधिवेशनको मिति, तिथि, स्थान, पक्रिया र सहभागिताको सन्दर्भमा । छैठौँ, केही विभागहरु थप्नुपर्ने र केही विभागहरुको कामको व्याख्या गर्नुपर्ने आवश्यकता छ त्यसकारण भोलि विभाग गठन सम्बन्धी प्रश्ताव हुन्छ । सातौँ, यो बैठक टुंगिदै गर्दा एउटा राष्ट्रवादी अभियान, अभियानको नाम, अभियानको उद्देश्य, अभियानको खाका प्रश्तावित गर्छौं बैठक टुंगिदै गर्दा ।

आठौँ, अनुशासन समितिले अनुशासन सम्बन्धि प्रतिवेदन पेश गर्दछ । पार्टीका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रश्तुत गर्नुहुन्छ । नवौँ, प्रतिनिधि सभाका यस बिचमा के–कस्ता गतिविधि भएका छन्, हामीले गरिरहेको भुमिका के छ, त्यहाँ कस्ता विधेयकहरु आएका छन्, त्यहाँ भइरहेको हाम्रो समग्र प्रश्तुतीको बारेमा पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकलाई जानकारी गराउनुहुन्छ । दशौँ, पार्टी सरकारमा भएको सन्दर्भ समेटेर पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा रहेर हाम्रो भइरहेका गतिविधिहरुको सन्दर्भमा बैठकमा जानकारी गराउनुहुन्छ । बैठकमा यसबारेमा समग्र विवरण राख्नुहुन्छ ।’

उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताउनु भयो । काँग्रेस केन्द्रिय कार्यसमिति बैठक भोलि(मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।