२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक उकालो यात्रामा



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर रू तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रू ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार शिवम् सिमेन्ट रू १७ करोड ९८ लाख ६१ हजार तीन सय चार, हिमालयन लाइफ इन्स्योरेन्स रू १५ करोड ६३ लाख ९० हजार तीन सय ३३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रू ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स रू १० करोड २३ लाख ७१ हजार नौ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।

नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् । रासस