१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक: आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।

बैठकमा हिजो बुधबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले आफ्नो धारणा राखेका थिए ।

हिजोको बैठकमा ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।