२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिडबाट मर्नेको संख्या तीन लाख नजिक, अझै दैनिक संक्रमित घटेनन्



अ+ अ-

नयाँदिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा पछिल्लो २४ घन्टामा संक्रमण र मृत्युदर दुबैमा कमी देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा ३ हजार ७४१ जनाको ज्यान गएको छ । साथै थप २ लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ लाख ९९ हजार २६६ जनाको कोभिडकै कारण मृत्यु भएको छ । 

भारतमा पछिल्ला २४ घन्टामा ३ लाख ५५ हजार व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमित २ करोड ६५ लाख मध्ये २ करोड ३४ लाख संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि २८ लाख भन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

गत जनवरीदेखि खोप लगाउन थालेको भारतमा हालसम्म १९ करोड ५० लाख डोज खोप दिइएको मन्त्रालयको भनाइ छ ।