२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरु फिल्मले कति कमाए? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१ (छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ ।

बोर्डले सार्वजनिक गरेको तथांकअनुसार १७ करोड ५२ लाख कमाउँदै ‘छक्का पन्जा ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ। ‘छक्का पन्जा ४’ को ६ लाख २९ हजार टिकट बिक्री भएको छ।

त्यस्तै १७ करोड १७ लाख कमाउँदै ‘जारी’ धेरै कमाउने दोस्रो फिल्म बनेको छ। ‘जारी’को ६ लाख १९ हजार टिकट बिक्री भएको छ। जारी प्रदर्शनरत रहेकाले आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको बोर्डले जनाएको छ ।

यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।

त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गरेको छ ।  फिल्म फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख, के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएको बोर्डले जनाएको छ । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०( उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।

विदेशी फिल्ममा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । पठानले १३ करोड भन्दा बढी आम्दानी गरेको छ ।

हेर्नुस् गत आर्थिक वर्षमा रिलिज भएका फिल्मको कमाइ:

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/07980-BOX-OFFICE-COLLECTION.pdf” title=”07980 BOX OFFICE COLLECTION”]