२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।

एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ । समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ । बैठकमा जनवर्गीय सङ्गठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टीको महाधिवेशनलगायत मुद्दामा छलफल भएको पोलिटब्यूरो सदस्य पन्तले बताउनुभयो ।रासस