२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलो पटक अनुहारका बिकृतीसम्बन्धी उपचारका लागि अस्पताल स्थापना हुने



अ+ अ-

काठमाडौं । अनुहारका विभिन्न बिकृत सम्बन्धी समस्याको उपचारका लागि विशिष्ठिकृत अस्पतालको स्थापना हुने भएको छ ।

अन्तराष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा नख्खुमा अस्पताल सञ्चालन आउन लागेको हो । बिपन्न नेपाली नागरिकलाई निशुल्क रुपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो अस्पताल स्थापना हुन लागको हो । एकद्धार उपचार केन्द्रको आज (शनिबार) बसुन्धरामा रहेको कान्तिपुर डेन्टल जलरल अस्पतालमा सुरुवात गरिएको छ ।

विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा संञ्चालन हुने यस अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न बिकृति सम्बन्धी समस्या भएका ब्यक्तिहरुले पूर्णत नि शुल्क सेवा पाउने छन्।

क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमा यो अस्पताल संञ्चालनमा आउन लागेको हो । क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका बिभिन्न मुलुकमा संञ्चालन भै रहेको छ । डा सिंहका अनुसार नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्या रहेको छ । उहाँका अनुसार यो अस्पताल करिब डेढ वर्षभित्र संचालनमा आउने तर कान्तिपुर डेन्टल जलरल अस्पतालमाभने यसै साता सुरु हुने छ ।

उहाँका अनुसार पहिलो चरणमा प्रत्येक बर्ष ५०० जनालाई निशुल्क सेवा दिने र अस्पताल पूर्णरुपमा संञ्चालनमा आएपछि बार्षिक १५०० जनालाई निशुल्क सेवा दिने सिंहले जानकारी दिनुभयो ।

नेपालमै पहिलो पटक खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि उच्चरुपले विशिष्ठिकृत सेवा–संस्थाको स्थापना गर्ने आफ्नो सपना साकार भएको डा  सिहले जानकारी दिनुभयो ।