२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार: एनपी साउद



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताउनुभएको छ ।

कांग्रेसको यही साउन २ गतेदखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै नेता साउदले भन्नुभयो, “सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।” प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँड्न आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । रासस




भर्खरै